दैलेख पछिल्लो समयमा स्थानीय उत्पादनहरुको बजार सँगै स्थानीय स्तरका कृषकहरुले आ –आफ्ना व्यवसायहरु संचालन गर्ने जर्मको गरेका छन् ।
दैलेखका जंगलहरुमा अनावश्यक रुपमा खेर गएका सालको पातबाट बनेका सामानहरुलाई रकम आम्दानीको महत्वपुर्ण स्रोत बनाउन सकिदो रहेछ भनेर गतिलो उदाहरण दिन समेत स्थानीय कृषकहरु अहिले लागिरहेका छन् ।
कसैको बिवाहा गर्दा, ब्रतबन्द गर्दा र अन्य विभिन्न कार्यहरुका लागि समेत निकै महत्वपुर्ण मानिएको दुना टपरीको प्रयोग आजभोली घट्दै आएको छ । बिगतका बिहेभोजहरुमा प्रयोग हुने दुना र टपरीको प्रयोग घट्नुको अर्थ मानिसहरुले अन्य पलास्टिकबाट बनेका सामाग्रीहरुको प्रयोग हो तर स्थानीय स्तरमा निर्माण गरिएका दुना र टपरीको धेरै उत्पादन गर्न सकेमा र सहज बजारको व्यवस्था गर्न सकेको खण्डमा साँडुमा उत्पादन भएको दुना र टपरी नगरपालिका भित्रका सवैले सिको गरेर यसलाई राम्रो रोजगारीको माध्याम बनाउन सक्ने संभावना बढेको छ ।
स्थानीय स्तरका कृषकहरुले आफ्नो फुर्सदको समयलाई मात्र सामान्य प्रयोग गर्न सकेको खण्डमा यसले निकै राम्रो बजार पाउन सक्ने संभावना बढेको छ । यस्ता उत्पादनहरुलाई बजारीकरणका लागि स्थानीय गैर सरकारी संघ संस्थाहरुले पनि भूमिका निर्वाह गरिरहेका छन् यसलाई संस्थागत गर्न जरुरी छ ।





